फाइल तस्वीर

काठमाडौं– सरकारले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर तीन दिन सार्वजनिक बिदा दिने भएको छ । आज मङ्गलबार बिहान गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै २, ४ र ५ मङ्सिरमा बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा २ मङ्सिरका दिन मतदानस्थल भएका विद्यालय तथा ४ र ५ मङ्सिरमा सरकारी कार्यालयलाई बिदा दिने निर्णय भएको उल्लेख छ ।

निर्वाचन आयोगले केही दिनअघि तीन दिन बिदा दिन मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार सरकारले निर्णय गरेको हो । गत स्थानीय तहमा मतदानको दिन मात्रै बिदा दिइएको थियो । तर, यसपटक भने सरकारी कार्यालयहरुलाई दुई दिन बिदा दिइएको छ ।

public_holiday_mJLQwrKEP9.jpg