प्रतिकात्मक तस्वीर

धादिङ – धादिङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । धादिङको ज्वालामुखी गाउँपालिका–४ खरीमा शनिबार राति ग १ ज ५५८० नम्बरको बोलेरो जीप दुर्घटना भएको हो ।

जीप टारीबाट अर्यालगाउँतर्फ जाँदै गरेको थियो। सोही क्रममा जीप खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी ज्वालामुखी–४ का ३५ वर्षीय उत्तम अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ ।

चालकसहित पाँचजना घाइतेहरूको धादिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।