प्रतिकात्मक तस्वीर

धादिङ – धादिङको ज्वालामुखी गाउँपालिका– ४ खरीमा गए राति बुलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पराल बोकेर टारीबाट अर्यालगाउँतर्फ जाँदै गरेको गा १ज ५५८० नम्बरको बुलेरो सडकबाट खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा ज्वालामुखी– ४ का ३५ वर्षीय उत्तम अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । सो दुर्घटनामा चालकसहित पाँच जना घाइते भएका छन् । घाइतेको धादिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।