काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठमेलको एक नाइट क्लबबाट ¥याप गीत सार्वजनिक गर्नुभएको छ । उहाँले शुक्रबार मध्यराति ठमेलस्थित लर्ड अफ ड्रिंक्स (एलओडी) पुगेर आफ्नो बखानमा बनेको ¥याप गीत ‘शहर शहरमा ओली’ सार्वजनिक गर्नुभएको हो ।


चुनाव प्रचारका लागि तयार पारिएको उक्त गीतमा पार्टी अध्यक्ष ओलीको गुणगान छ । गीतमा ओलीको पनि आवाज मिसाइएको छ । यो ¥याप गीत यूट्युबमा एक हप्ताअघि नै सार्वजनिक गरिएको थियो।

‘युवाहरु माझमा आज युवाहरूलाई मन पर्ने नयाँ रÞ्याप गीत सार्वजनिक गरियो’ ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।