काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्र खुलारुपमा आगो बाल्न निषेध गरेको छ । आज शुक्रबार एक सूचना जारी गर्दै महानगरले खुला ठाउँमा आगो बाल्न निषेध गरेको हो ।

खुला ठाउँमा आगो बाल्ने तथा फोहोर जलाउने जस्ता कार्यले वायु प्रदूषण हुने तथा जनस्वास्थ्यमासमेत प्रतिकूल असर पर्ने हुँदा यस्ता कार्यलाई प्रतिबन्ध लगाइएको सूचनामा भनिएको छ ।

महानगरको सूचनालाई अवज्ञा गरी यस्ता कार्य गरेको पाइएमा महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।

20221111_0922521668138468.jpg