भक्तपुर – यातायात व्यवस्था कार्यालय, भक्तपुरले सवारी चालक अनुमतिपत्र अन्तर्गतका सम्पूर्ण सेवा अनिश्चितकालका लागि स्थगित गरेको छ । सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा, रि–ट्रायल र नयाँ तथा वर्ग थप दर्ताको राजश्व सङ्कलन सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि ट्राफिक प्रहरीहरु समेत खटिनुपर्ने भएकाले तत्कालका लागि सेवा बन्द गरिएको छ ।’