काठमाडौं – त्रिभुवन विश्वविद्यालयले मङ्सिर १ गतेदेखि ५ गतेसम्म बिदा दिने निर्णय गरेको छ । आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यका लागि हुने निर्वाचनका कारण विश्वविद्यालयले एक सूचना जारी गर्दै उक्त दिन बिदादिने निर्णय गरेको हो ।

अधिकांश क्याम्पस÷कार्यालयहरुमा निर्वाचनका लागि मतदान केन्द्र राखिएको र क्याम्पस÷कार्यालयहरुका कर्मचारीहरु निर्वाचन कर्मचारीको रुपमा खटिएको कारण पठनपाठन तथा दैनिक काम कारबाहीमा असर पुग्ने भएकोले बिदा दिर्ने निर्णय गरेको सूचना तथा जनसम्पर्क महाशाखाले जनाएको छ ।

महाशाखाका प्रमुख योगेन्द्र प्रसाद दाहालले बिदा दिने तोकिएको दिनहरुमा त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस÷कार्यलयहरुमा विदा दिने निर्णय भएको हो ।