फाइल तस्वीर
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज शुक्रबार काठमाडौंको वसन्तपुर डबलीमा चुनावी सभा आयोजना गर्दैछ । चुनाव नजिकिँदै जाँदा राप्रपाले दिउँसो १ बजे सभा आयोजना गर्न लागेको हो ।

सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेताहरू पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनीलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार अभिनेतृ मनिषा कोइरालाले समेत सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको् छ । मनिषाले पनि ट्वीट गरेर यसबारे जानकारी दिनुभएको छ ।