काठमाडौं – नेपाल समाजवादी पार्टी (नेसपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहलाई भोट माग्न हिँड्नुभएको छ ।

काठमाडौं १ मा काङ्ग्रेसका उम्मेदवार सिंहलाई मत माग्दै भट्टराईले संविधान कार्यान्वयन र विकासका लागि सत्ता गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो ।

‘अहिलेको निर्वाचन विशिष्ठ छ । सामान्य अवस्थामा दलहरूबीच प्रतिस्पर्धा हुन्छ तर, यसपटक प्रतिगमनकारी शक्तिहरूको विरुद्ध अग्रगमनकारीको लडाँइ हो । उहाँ योग्य व्यक्ति हुनुहुन्छ । स्वच्छ छविको व्यक्तित्व हुनुहुन्छ ,’ डा.भट्टराईले भन्नुभयो, ‘ हाम्रो गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा र संस्थागत विकासको सुनिश्चितता हुन्छ ।’