काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउन अपिल गरेको छ । हिमाली क्षेत्रमा हिमपात सुरु हुन थालेपछि महाशाखाले यस्तो अपिल गरेको हो ।

महाशाखाका अनुसार शुक्रबार हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको पनि प्रक्षेपण गरिएको छ । राति प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र मुलुकका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आकलन गरिएको छ ।

महाशाखाका अनुसार शनिबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागको एकदुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ । मुलुकका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुनसक्ने सम्भावना रहेकोे छ ।