फाइल तस्वीर
विराटनगर– मोरङ–३ (१) को प्रदेशसभाका लागि नेपाली काङ्ग्रेसले मानबहादुर लिम्बूलाई टिकट दिएको छ । बेलबारी ८ घर भएका लिम्बू कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसङ्घ मोरङका पूर्व सभापति हुनुहुन्छ ।
उक्त क्षेत्रका उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको निमोनियाका कारण मृत्यु भएपछि निर्वाचन आयोगले काङ्ग्रेसलाई नयाँ उम्मेदवारको मनोनयन गर्न आज १० बजेदेखि १ बजेसम्म समय दिएको थियो ।