फाइल तस्वीर
काठमाडौं – पत्रकार सरोजराज अधिकारी मृत फेला परेका छन् । काठमाडौंको सुन्धारास्थित एक होटलमा बुधबार अधिकारी मृत फेला परेका हुन् । प्रहरीका अनुसार सुन्धारामा रहेको सिद्धार्थ होटलमा अधिकारी मृत फेला परेका हुन् । होटलको ५०२ नम्बर कोठामा उनी मृत भेटिएका हुन् ।

होटलभित्र झुण्डिएको अवस्थामा अधिकारीको शव फेला परेको काठमाडौंका प्रहरी प्रमुख एसएसपी भरत बोहराले जानकारी दिनुभयो । उनी तीन दिनदेखि होटलमा बस्न पुगेको जनाइएको छ । पत्रकार अधिकारी कात्तिक २१ गतेदेखि घरबाट निस्केर घर नफर्केपछि बुधबार उहाँकी श्रीमतीले प्रहरीमा निवदेन दिनुभएको थियोे ।

प्रहरीले मोबाइल ट्र्याक गरेर खोज्दा पङ्खामा झुन्डिएको अवस्थामा फेला पारेको हो । अधिकारीका चक्रब्यूहमा चन्द्रसूर्य, धम्बोझी, जासुसीको जालो, रुपबजारकी नोरा पुस्तक प्रकाशित छन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।