गौरादह – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गरिबी न्यूनीकरणका लागि सहकारीले ग्रामीण क्षेत्रमा ध्यान दिन आग्रह गर्नुभएको छ । उहाँले झापाको दमकमा सहकारीकर्मीेसँगको अन्तक्रियात्मक कार्यक्रममा बोल्दै सहकारीको सेवा गाउँमा केन्द्रित गरेर आर्थिक गतिविधिलाई ग्रामीणस्तरसम्म पु¥याउनुपर्ने बताउनुभएको हो ।
झापाको दमकमा आज सहकारीकर्मीेसँगको अन्तक्रियामा अध्यक्ष ओलीले विकसित मुलुक बनाउनका लागि दीगो विकासको लक्ष्य हासिल गरे मात्र गरिबीबाट मुक्त हुने बताउनुभयो । उहाँले सन् २०३० भित्र १७ लक्ष्य र एक सय ६९ सहायक लक्ष्य प्राप्त गरी मुलुक विकसित राष्ट्र बन्नुपर्ने बताउनुभयो । एमालेको अर्थतन्त्रसम्बन्धी नीति अहिलेसम्मकै उत्कृष्ट रहेको उहाँको भनाइ थियो ।
अध्यक्ष ओलीले भन्नुभयो –‘एमालेले नेपालको अर्थतन्त्र उठाउन तीन खम्बे अर्थ नीति लिएको छ ।’ उहाँले सहकारीलाई छुट्टै प्राथमिकतामा राखेर अर्थतन्त्रको खम्बाका रुपमा राखिनुपर्ने बताउनुभयो । प्रविधिको सहकार्य सहकारीमार्फतबाट अरुले पनि प्राप्त गर्नुपर्ने उहाँको धारणा थियो । अध्यक्ष ओली दुईदिने कार्यक्रममा सहभागी हुन हिजो झापा पुग्नुभएको हो ।