काठमाडौं – आगामी मङ्सिर १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन बन्द हुने भएको छ । यातायात व्यवस्था विभागका कर्मचारीहरु मङ्सिर ४ मा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा खटिनुपर्ने भएकाले लाइसेन्सको आवेदन प्रणाली बन्द गरिएको हो ।


अर्को सूचना जारी नभएसम्मका लागि लाइसेन्सको आवेदन प्रणाली बन्द हुने विभागद्वारा जारी सूचनामा उल्लेख छ ।

yatayat