फाइल तस्वीर
गोरखा – पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनलाई जोडेर शान्ति प्रक्रियामा लैजान आफूले निरन्तर लागि परेको बताउनुभएको छ । गठबन्धन दलहरुद्वारा गोरखा नगरपालिका–१४, याङकोटमा आज शुक्रबार आयोजित संयुक्त चुनावी कोणसभालाई सम्बोधन गर्दै यस्तो धारणा व्यक्त गर्नु गर्नुभएको हो ।

गठबन्धन दलका साझा उम्मेदवार बन्नु भएका माओवादी अध्यक्ष प्रचण्डले आफुले जनयुद्ध र जनआन्दोलनलाई जोडेर शान्ति प्रक्रियामा लैजान निर्वाचन क्षेत्र बदल्दै हिँडेको दावी समेत गर्नुभयो ।

अध्यक्ष प्रचण्डले ‘म यसअघि रोल्पा र काठमाडौंबाट लडेको हुँ । मेरो आवश्यकता र उद्धेश्य देशलाई शान्तितिर लैजानु थियो । सिरहामा मधेसको विश्वास जित्न गएको हुँ’ भन्दै उहाँले ’तेस्रो चुनाव मैले गृहजिल्ला चितवनमा लडें । चितवनका जनताले प्रचण्ड रोल्पा, काठमाडौं र सिरहा गएको गुनासो गरे । तर पनि अहिले म गोरखा आइपुगेको छु’– भन्नुभयो ।

उक्त चुनावी सभालाई बोल्दै अध्यक्ष प्रचण्डले ‘आफु अहिले गोरखा जिल्लाको विकास र समृद्धिको सपना बोकेर आएको जिकिर गर्दै उहाँका सबै धुला बाटाहरुलाई पिच गर्ने वाचा गर्छु । मैले जिते गोरखाको विकासमा तीव्रता ल्याउँछु’ भन्नुभयो । पूर्वप्रधानमन्त्री प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै ‘गोरखकाली रबर उद्योगलाई सञ्चालन गर्न पनि आफुले नयाँ योजना ल्याउने’ बताउनु भयो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखामा आफ्नो जित संसारले देख्नुपर्ने भन्दै ‘गोरखाको जित संसारले देख्नुपर्छ । यहाँ हामीले राम्रोसँग मतदान गर्यौं भने यसको सन्देश संसारभर जाने ठोकुवा गर्नुभयो ।