फाइल तस्वीर


रुपन्देही – नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले देशमा विकास र जनताको माग पूरा गर्न एमालेको सरकार बन्नु पर्ने बताउनुभएको छ । नेता पौडेलले आज शुक्रबार रुपन्देही जिल्लाको क्षेत्र नम्बर दुईमा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो धारणा व्यक्त गर्नु भएको हो ।

एमाले उपाध्यक्ष पौडेलले देशलाई अघि बढाउन, राष्ट्रका मागहरु सम्बोधन गर्न, देशको स्वतन्त्रता र स्वाधिनता रक्षा गर्न नेकपा एमालेको सरकार बन्न आवश्यक रहेको भन्दै संविधानको रक्षा र कार्यान्वयन गर्न, शान्ति, स्थिरता र विकास कायम गर्न, शान्ति, स्थिरता र विकास सुनिश्चित गर्नका लागि आगामी निर्वाचनमा एमालेलाई जिताउन पर्नेमा जोड दिनु भयो ।

एमाले नेता पौडेल ‘निर्वाचन आयोगले निर्धारण गरेको आचारसंहितालाई समेत ख्याल गर्दै निश्चित सङ्ख्यामा घरदैलो अभियानमा सहभागी बनेका छौं भन्दै आफुहरुले मतदाताको गुनलाई कहिल्यै नबिर्सने’ दावीसमेत गर्नुभयो । उपाध्यक्ष पौडेलले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई भारी मतले विजय गराउन पनि मतदातासमक्ष आग्रह गर्नुभयो ।