काठमाडौं – काठमाडौंको मुटु न्युरोडको विशालबजारस्थित अनुज सेन्टर र खिचापोखरीको जयदुर्गा ट्रेड इन्टरनेसनलबाट हुण्डी कारोबारमा संलग्न भएको आरोपमा तीनजना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले ३१ लाख ८१ हजार ३ सय ८६ रुपैयाँसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नयाँदिल्ली घर भइ ठमेल बस्दै आएका ५० वर्षीय कमलकान्त कुल्थिया, सप्तरी घर भइ नक्साल बस्दै आएका ६७ वर्षीय निर्मलकुमार अग्रवाल र राजस्थान घर भइ ताहाचल बस्दै आएका ५५ वर्षीय किशन गोपाल रहेका छन् ।

राष्ट्र बैंकले जारी गरेको निर्देशनविपरीत हुण्डी कारोबार गरेको गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । संस्थाको नाममा काटिएको चेकसहित पक्राउ तीनै जनालाई नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम कारवाहीका लागि काठमाडौं प्रहरी परिसर टेकु पठाइएको जनाइएको छ ।