काठमाडौं – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी वाचापत्र सार्वजनिक गर्ने भएको छ । आज कमलादीस्थित प्रज्ञा भवनबाट पार्टी सभापति लामिछानेले वाचापत्र सार्वजनिक गर्ने बताइएको हो ।
चुनावमा मतदाता आकर्षित गर्न अन्य पार्टीले सार्वजनिक गरेका घोषणापत्र जस्तै स्वतन्त्र पार्टीले पनि वाचापत्रका नाममा मतदाता तान्न खोजेको हो । काङ्ग्रेस, एमाले, माओवादीलगायतका ठूला पार्टीहरुले संकल्पपत्र, प्रतिबद्धतापत्र, घोषणापत्र नाम दिएर आफ्ना कुरा सार्वजनिक गरिसकेका छन् ।
नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले घोषणापत्र आफ्नो पार्टी कार्यालयबाट सार्वजनिक गरेका थिए । नेकपा एमालेले राजधानीको पाँच तारे होटलमा कार्यक्रम आयोजना गरेर घोषणापत्र सार्वजनिक गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले भने प्रज्ञा भवन कमलादीबाट चुनावी वाचापत्र सार्वजनिक गर्न लागेको छ ।