साङ्केतिक तस्वीर
लमजुङ – डेंगु सङ्क्रमणका कारण पत्रकार चाँदनी अधिकारीको निधन भएको छ । लमजुङको रेडियो भोटेवडारमा कार्यरत अधिकारी डेंगु सक्रमित भई १५ कात्तिकमा लमजुङस्थित मोडल अस्पतालमा भर्ना गरिएको थियो । उनलाई थप उपचारका लागि बुधबार बिहान चितवन मेडिकल कलेज (न्यू सिएमसी) पु¥याइएकोमा उपचारकै क्रममा ६ः३० बजे निधन भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ ।
महासङ्घका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा डेंगुका कारण अधिकारीको निधन भएकोमा महासंघ स्तब्ध भएको उल्लेख गरिएको छ । अधिकारीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र ऊर्जावान् युवा पत्रकार गुमाएको उहाँको भनाइ छ ।
महासचिव पुरीले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।