फाइल तस्वीर
काठमाडौं –क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज बुधबार सात जनाले कानुन व्यवसायीहरुले बहस गरेका छन् । काठमाडौं जिल्ला अदालतमा वरिष्ठ अधिवक्ता शशि अधिकारी, सुनिता रेग्मी, अधिवक्ता शान्ति काफ्लेलगायतले बहस गरेका हुन् ।

सन्दीपविरुद्धको थुनछेक बहस अझै जारी रहेको तर उक्त बहस आज नसकिने हुँदा भोलि पनि हुने जिल्ला अदालतको स्रोतको भनाइ छ । यसअघि हिजो मङ्गलबार साँझ अबेरसम्म सन्दीपको बयान लिइएको थियो । मङ्गलबार साँझसम्म बयान लिएर सकाएपछि सन्दीपविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखेर आज थुनछेक बहस सुरु भएको थियो ।

एक १७ वर्षीय नाबालिग किशोरीले आफुलाई क्रिकेटर सन्दीप लामिछानेले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दर्ता गरेपछि सोही आधारमा प्रहरीले सन्दीपलाई गिरफ्तार गरी अनुसन्धानको थालनी गरेको थियो । अनुसन्धानको क्रममा २४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते सोमबार सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । उक्त मुद्दाको बहस आज नसकिएमा हेर्दाहेर्दैमा राखी भोलिपनि बहस हुने बताइएको छ ।