फाइल तस्वीर

काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणनास्थलमा तारजालीको प्रयोग नगर्ने भएको छ । आयोगले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यसपटक मतणनास्थलमा तारजाली नलगाउने बताउनु भएको हो ।

पत्रकारहरुको प्रश्नको जवाफ दिंदै प्रमुख आयुक्त थपलियाले मतगणनास्थलको सुरक्षाका लागि विभिन्न उपायहरु अवलम्बन गर्नुको साथै सिसिक्यामेरा समेत राखिने जानकारी गराउनु भयो ।‘यसपटक मतगणनास्थलमा आयोगले तारजाली प्रयोग गर्र्दैन । सुरक्षाका लागि अन्य उपाय अपनाउँछौं । सिसीटिभीको प्रयोग गर्छौं’– प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो ।

निर्वाचन आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना गर्दा मतगणनास्थलमा सुरक्षा व्यवस्थालाई कडापार्दै तारजालीको व्यवस्था गरेको थियो । मतगणना गर्दा मतपत्र च्यात्नेलगायतका गतिविधि हुनसक्ने भन्दै स्थानीय तहको निर्वाचनमा सुरक्षाका लागि तारजाली प्रयोग गरिएको प्रमुख आयुक्त थपलियाको भनाइ थियो ।