काठमाडौं – राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आजदेखि नमूना सङ्कलन, परीक्षण तथा रिपोर्ट वितरणको समय घटाएको छ । प्रयोगशालाले सूचना जारी आजैदेखि यी कार्यहरू बिहान ८ देखि दिउँसो ३ बजेसमम मात्रै हुने जनाएको छ ।

कोरोनासहित सबै परीक्षणका लागि बिहान ९ देखि दिउँसो २ बजेसम्म रिपोर्ट वितरण गर्ने समय तोकेको हो ।