काठमाडौं – नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आज अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय सङ्कल्पलाई निरन्तरता दिइएको छ ।

करिब २० हजार शब्द रहेको घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । सँगै एमालेले पाँच वर्षमा गर्ने कामलाई २० ग्यारेन्टी भनेर घोषणापत्रमा उल्लेख गरेको छ ।

यी हुन् २० ग्यारेन्टी

ग्यारेन्टी १ः समृद्धिका लागि नीतिगत र संरचनागत सुधार गर्ने
ग्यारेन्टी २ः राष्ट्रहित र नागरिकहितलाई सर्वोपरि राखी राज्य सञ्चालन गर्ने
ग्यारेन्टी ३ः ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’को नीति कार्यान्वयन गर
ग्यारेन्टी ४ः स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान
सञ्चालन गर्ने
ग्यारेन्टी ५ः आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने
ग्यारेन्टी ६ः सबैका लागि काम र नियमित कमाइको सुनिश्चितता गर्ने
ग्यारेन्टी ७ः ‘पूर्ण साक्षर देश र उद्यमशील शिक्षित युवा’को नीति कार्यान्वयन गर्ने
ग्यारेन्टी ८ः ‘निरोगी नेपाल, सबल नागरिक’को नीति अघि बढाउने
ग्यारेन्टी ९ः स्वच्छ पानी, सफा वातावरण’को सुनिश्चित गर्ने
ग्यारेन्टी १०ः ‘सबैलाई बिजुली बत्ती, विद्युतबाटै देशको उन्नति’ गर्ने
ग्यारेन्टी ११ः ‘खेत बारीमा पानी, दोब्बर हुन्छ उब्जनी’को मान्यतामा अघि बढाउने
ग्यारेन्टी १२ः सडक पूर्वाधार र सुलभ सार्वजनिक यातायातको सुनिश्चितता गर्ने
ग्यारेन्टी १३ः ‘व्यवस्थित शहरः स्वच्छ र हरियाली बस्ती’को अबधारणा कार्यान्वयन गर्ने
ग्यारेन्टी १४ः ‘सरल, सहज सार्वजनिक सेवा’को प्रबन्ध गर्ने
ग्यारेन्टी १५ः सामाजिक सुरक्षाको दायरा र सुविधा विस्तार गर्ने
ग्यारेन्टी १६ः सबै नागरिकमा वित्तीय पहुँच स्थापित गर्ने
ग्यारेन्टी १७ः ‘स्वस्थ महिनावारी, सुरक्षित मातृत्व’को नीति कार्यान्वयन गर्ने
ग्यारेन्टी १८ः सस्तो, सहज र भरपर्दो सञ्चार सुविधाको प्रबन्ध गर्ने
ग्यारेन्टी १९ः ‘सभ्य समाजः मर्यादित नागरिक’को नीति कार्यान्वयन गर्ने
ग्यारेन्टी २०ः प्रतिव्यक्ति आय दोब्बर गर्ने