फाइल तस्वीर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले मङ्सिर ४ गते हुन गैरहेको प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन विथोल्ने निर्णय गरेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको उक्त पार्टीको कात्तिक ४ गते बसेको पार्टीको दोस्रो बैठकले आसन्न निर्वाचन खारेज गर्ने निर्णय गरेको पछि निर्वाचन विथोल्ने सार्वजनिक गरेको हो ।

उक्त पार्टीको स्थायी समिति सदस्य सन्तोष बुढामगरले पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको दोस्रो बैठकले निर्णय बारे आज मङ्गलबार काठमाडौंमा आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नुभएको हो ।

नेता बुढामगरका अनुसार चुनाव खारेज अभियान अन्तर्गत देशव्यापी रुपमा भण्डाफोर र प्रचार अभियान चलाउने निर्णय भएको भएको छ । वैठकले विप्लवका दाजु वीरजङ्गको मृत्युबारे अध्ययन गर्न पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको जानकारी समेत गराउनु भयो ।