फाइल तस्वीर


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको निर्वाचनका क्रममा चुनावी लक्ष्य र योजना सहितको घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सहितका नेताहरुको उपस्थितिमा सार्वजनि गरिएको उक्त घोषणापत्रमा देशको शासकीय स्वरुप, निर्वाचन प्रणाली र सङ्घीय संरचना लगायतमा परिवर्तन गर्न संविधान संशोधनलाई जोड दिएको छ ।

माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्नेमा पार्टीको स्पष्ट धारणा उल्लेख गरेको छ । पटक पटक उसले यस्तो धारणा राख्दै आएको छ । उक्त पार्टीले राज्य पुनर्संरचना आयोग गठन गरी स्वायत्त, संरक्षित र विशेष क्षेत्र घोषणा गर्ने समेत आफ्नो लक्ष्यसहितको योजना रहेको घोषणा पत्रमा उल्लेख गरिएको छ ।

राज्यका अरु निकायका संरचनामा पनि परिवर्तन आवश्यक रहेको कुराहरु आज जारी घोषणापत्रमा माओवादी केन्द्रले उल्लेख गरेको छ ।
माओवादी केन्द्रले घोषणा गरेको घोषणापत्रको पूर्ण पाठ यहाँ उल्लेख गरिएको छ ।