काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन केन्द्रित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबीच पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राप्रपाले तयार गरेको घोषणापत्रमा अभिभावकीय संस्थाका रुपमा राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद लगायत विषय उल्लेख छ ।
त्यस्तै, प्रदेश खारेजीको विषयलाई पनि राप्रपाले आफ्नो घोषणापत्रमा समावेश गरेको छ । शासकीय संरचनामा केन्द्र र बलियो स्थानीय तह आवश्यक रहेको राप्रपाले जनाएको छ ।
राप्रपाले आफ्नो घोषणापत्रमा ‘नेपाल बन्द’ कहिल्यै नगर्ने प्रतिबद्धता जनाएको छ । यस अतिरिक्त स्वास्थ्य, हवाई, खानेपानी, विद्युत, ग्यास तथा पेट्रोलियम पदार्थ ढुवानी तथा वितरण लगायत विभिन्न औद्योगिक क्षेत्रमा हड्ताल गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाउने प्रतिबद्धता पनि घोषणापत्रमा जनाएको छ ।
यस्तो छ राप्रपाको घोषणापत्र पूर्णपाठः