काठमाडौं – निर्वाचन आयोगले यही कात्तिक १८ गतेदेखि देशभर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । आयोगले स्थानीय तहसँगको सहकार्यमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको बताइएको हो ।

आगामी मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदाताको सहभागिता बढाउन र मत बदर हुन नदिन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गर्न लागेको हो ।

आयोगले मतदाता शिक्षा कार्यक्रम एक करोड ८० लाख मतदातासम्म पु¥याउन प्रत्येक वडामा एउटा स्वयंसेवक परिचालन गर्न लागेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो । मतदान गर्ने तरिका, मतपत्र मत पेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्नेलगायत विषयमा स्वयंसेवकले जानकारी दिने बताइएको छ ।