काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । त्यसका लागि बिहान साढे ११ बजे बानेश्वर बैङ्क्वेट थापा गाउँमा कार्यक्रम आयोजना गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।