बुटवल – रूपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलको घरको गेटमा शङ्कास्पद वस्तु फेला परेको छ । बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँमा रहेको उम्मेदवार पौडेलको घरको गेटमा शङ्कास्पद वस्तु फेला परेको हो ।
उक्त बस्तु बम हो या होइन भन्ने अहिलेसम्म यकिन भइसकेको छैन् । घटनास्थलमा प्रहरी उपस्थित भएपनि उक्त बस्तु पहिचान र बम भए डिस्पोजलका लागि सेना कुरिरहेको छ ।
सेनाको बम डिस्पोजल आएपछि बम हो होइन भन्ने यकिन हुने प्रहरीले जनाएको छ ।