नवलपरासी – पाल्पाबाट गोरखाको मनकामनाका दर्शन गर्नका लागि तिर्थालु बोकेर हिँडेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्व नवलपुरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

दुर्घटनामा २५ जना घाइते भएका छन् । अहिले घाइतेको उद्धार भइरहेको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय बुलिङ्टारका अनुसार सो बस आज बिहान ४ बजे दुर्घटना भएको थियो । दुर्घटनाका घाइतेलाई उद्धार गरी चितवन ल्याउने तयारी भइरहेको जनाइएको छ ।