काठमाडौं – निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि २ करोड ३६ लाख ८० हजार ५ सय मतपत्र छपाइ गरेको छ । प्रतिनिधिसभातर्फ १ करोड १८ लाख ९८ हजार र प्रदेशसभातर्फ १ करोड १७ लाख ८२ हजार ५ गरी २ करोड ३६ लाख ८० हजार ५ सय मतपत्र छपाइ भएको आयोगले जनाएको छ ।

समानुपातिक र प्रत्यक्षतर्फ ८ करोड मतपत्र छाप्नुपर्नेमा समानुपातिकतर्फको ४ करोड मतपत्र छपाइको काम सकिएको छ । भोलिदेखि सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी र दार्चुलामा प्रत्यक्षतर्फको मतपत्र ढुवानी गरिने छ ।

समानुपातिकतर्फको मतपत्र ढुवानी हुन बाँकी रहेका जिल्लामा पनि मतपत्र ढुवानी हुनेछ । अस्थायी मतदाताका लागि आवश्यक पर्ने समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र पनि ढुवानी हुने आयोगले जनाएको छ ।