प्रतिकात्मक तस्वीर

इटहरी – इटहरीमा मोटरसाइकल र स्कुटी ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको बूढीगंगा गाउँपालिका १ का ३० वर्षीय ओजराज लुइँटेल, धरान उपमहानगरपालिका–१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भु राई रहेका छन् ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काका अनुसार विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ४ प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ नम्बरको मोटरसाइकल शुक्रवार साँझ ठक्कर खाँदा तीनजनाको मृत्यु भएको हो ।

घटनामा घाइते तीनै जनाको उपचारको क्रममा विराटनगरस्थित आर्य न्यूरो हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।