फाइल तस्वीर
काठमाडौँ– सत्तारुढ दल नेपाली काङ्ग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ ।

यसअघि तीन पटक स्थगित भएको घोषणापत्र सार्वजनिक कार्यक्रम आज बिहान १० बजेका लागि तय भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रधानमन्त्री एवं काङ्ग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमका लागि घोषणापत्र निर्माण समितिका संयोजक एवं महामन्त्री विश्वप्रकाश शर्मा हिजो झापाबाट काठमाडौँ आउनुभएको छ ।