फाइल तस्वीर


काठमाडौं – निर्वाचन आयोगले निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता राख्न सबैसँग आग्रह गरेको छ । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुलाई भोट नदिन आह्वान गर्दै ‘नो नट अगेन’ भन्ने अभियान सामाजिक सञ्चालमा सञ्चालन गरिएपछि आयोगले त्यसलाई रोक्न विज्ञप्तिमार्फत् चेनावनी दिएको हो ।

‘नो नट अगेन’ अभियानले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका नेताहरुलाई आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा मतदान नगर्न आह्वान गरिएको छ ।

आयोगद्वारा जारी विज्ञप्तिमा ‘मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको नियमन गरी मतदातको निर्वाचन, राजनीतिक दल र उमेदवारका बारेमा सत्य तथ्य जान्न पाउने अधिकारको प्रत्याभूत गर्न आयोगले कुनै कसर बाँकी राख्ने छैन र सरोकारवाला सबैसँग निर्वाचनको निष्ठालाई जोगाउन सहकार्य र सहयोगका लागि आयोग आह्वान गर्दछ’ भनिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा हस्ताक्षरित आज शुक्रबार जारी गरिएको विज्ञप्तिमा राजनीतिक दल र उम्मेदवारहरुका बारेमा सत्य तथ्य जान्न पाउने अधिकारको प्रत्याभूत गर्न आयोगले कुनै कसर बाँकी नराख्ने उल्लेख छ । आयोगद्वारा जारी गरिएको विज्ञप्तिमा ‘निर्वाचनका समयमा कुनै पनि दल वा उम्मेदवारविरुद्ध तथा निर्वाचनलाई प्रतिकूल असर पार्ने उद्देश्यले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट निहित राजनीतिक स्वार्थका लागि फैलाइने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति, अभिव्यक्ति स्वतन्त्रताभित्र पर्दैन भन्ने आयोगको बुझाई छ’– भनि उल्लेख गरिएको छ ।33F52BAA-EDD1-4620-BCCE-2C81B4D07CC51666955753.jpeg

2C01D901-6E27-42DF-A4B0-7D2596ADA0781666955753.jpeg