फाइल तस्वीर ।


काठमाडौं – सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको आज शुक्रबार बसेको बैठकले आगामी निर्वाचनका लागि उम्मेदवारीका विषयमा केही स्थानमा देखिएको विवाद छिट्टै समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आज बसेको बैठक शीर्ष नेताहरूको बैठकले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै केही स्थानमा विवाद रहेको र त्यसलाई छलफलमार्फत् निष्कर्षमा पु¥याउने निर्णय गरेका हुन् ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा गठबन्धन दलका उम्मेदवारप्रति विमति जनाउँदै गठबन्धन दलभित्रबाटै बागी उम्मेदवारी कतिपय उम्मेदवारका विषयमा उठेका विवाद समाधान गर्न छलफलगरी निकास दिने गरी यस्तो प्रतिबद्धता व्यक्त गरेका छन् ।

सत्ता गठबन्धका चार राजनीतिक दल नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुद्वारा जारी विज्ञप्तिमा ‘केही स्थानमा मित्रवत प्रतिस्पर्धा गर्दै एक–आपसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने सहमति भएको छ’– भनिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि मङ्सिर ४ गते हुने निर्वाचनमा गठबन्धन दलका साझा उम्मेदवार विरुद्ध यिनै दलमा आवद्ध नेताहरुले बागी बन्दै उम्मेदवारी दिएका र गठबन्धन हुन नसकेको स्थानमा अलग अलग उम्मेदवारी दिएको हुँदा त्यसको नकारात्मक निर्वाचनमा नपरोस भन्ने अभिप्रायले एक–आपसमा समान र सौहार्दपूर्ण व्यवहार गरेर निर्माणमा जाने भएका छन् ।