फाइल तस्वीर

काठमाडौं – सत्तारूढ दल नेपाली काङ्ग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि तयार गरेको घोषणापत्र भोलि शनिबार सार्वजनिक गर्ने भएको छ ।

प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका शीर्ष नेताहरूको उपस्थितिमा केन्द्रीय कार्यालय, सानेपामा भोलि बिहान १० बजे घोषणापत्र सार्वजनिक गरिने भएको हो ।

अर्थविद स्वर्णिम वाग्ले, योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेल, राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेलगायतले घोषणापत्र तयार गरेका हुन् । महामन्त्री शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समितिको गठन भएको थियो । कात्तिक ७ गते घोषणापत्र सार्वजनिक गर्ने भनिए पनि विविध कारणले उक्त कार्यक्रम स्थगित भएको थियो ।