काठमाडौं – पछिल्लो समय नेपालमा डेंगी सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या थपिँदै गएको छ । डेंगीका कारण साउन महिना यता ५२ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

डेंगी रोग हाल सात प्रदेशका ७७ वटै जिल्लामा फैलिएको छ । मन्त्रालयका अनुसार यो अवधिमा ४३ हजार ६ सय ८५ जना डेंगी सङक्रमित भएका छन् । हाल सबैभन्दा बढी सङ्क्रमित काठमाडौं उपत्यकामा छन् ।

डेंगी मानिसबाट मानिसमा सर्ने रोग भने होइन । यो एडिस एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिका लामखुट्टेहरूको टोकाइबाट सर्ने गर्छ । त्यसैले यसबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नुपर्ने मन्त्रालयले जनाएको छ ।