फाइल तस्वीर
काठमाडौं – सत्ता गठबन्धनमा आबद्ध तीन दलले चुनावी अभियान तीव्र पारेका छन् । यसअघि काठमाडौं–२ र ललितपुरमा संयुक्त चुनावी अभियान गरेका नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेता आज शुक्रबार पोखरा जाँदैछन् ।
प्रशिक्षण कार्यक्रम भनिएको भेलामा प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनका लागि देउवा बिहीबार नै पोखरा पुगिसुक्नुभएको छ ।
गठबन्धनमा आबद्ध तीन दलका शीर्ष नेताले आज शुक्रबार बिहान ११ बजेबाट गठबन्धन दलका कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम छ ।