काठमाडौं – देशका पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य क्षेत्रको मौसम समान्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र बाँकी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

देशका पश्चिमी भू–भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । केही दिनयता पश्चिमी वायुको प्रभाव देखिएका भू–भागमा जाडो बढ्न थालेको छ ।