काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले लाइभ डिबेटका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई फेरि आह्वान गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत् ओलीले आफूले गरेको लाइभ डिबेटको प्रस्तावमा सकारात्मक प्रतिक्रिया आएकाले सञ्चारमाध्यमको ध्यानाकर्षण गराएका हुन् ।
अध्यक्ष ओलीले भनेका छन् –“मैले हिजो एजेन्डा आधारित बहसका लागि नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई आमन्त्रण गरेको थिएँ । यस विषयलाई आम सञ्चार माध्यमहरूले पनि सकारात्मक चर्चा गरेको पाएँ । यसप्रति म खुसी छु । विकसित देशहरूमा निर्वाचनको समयमा यस्ता लाइभ डिबेटहरू सार्वजनिक सञ्चार माध्यमबाट आयोजना गर्ने गरिन्छ । यहाँका सञ्चार माध्यम र सम्पादकज्यूहरूले यस विषयमा के सोच्नुभएको छ, समग्र सञ्चार जगतको ध्यानाकर्षण गर्न चाहन्छु ।“