काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल अस्पताल भर्ना हुनुभएको छ । नियमित स्वास्थ्य परीक्षणका क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा उहाँलाई भर्ना गरिएको हो ।

प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी’ (पिएसपी) रोगबाट पीडित दाहाललाई आज अस्पतालमै राखिने अस्पताल स्रोतले जनाएको छ ।

पिएसपी दुर्लभ खालको रोग हो भने यस प्रकारको रोग एक लाख मानिसमध्ये ५–६ जनामा मात्र देखिन्छ । यस्तै यो रोगको कारण अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन ।