तस्वीर : राज्यमन्त्रीको सचिवालय

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई डेंगी सङ्क्रमण पुष्टि भएको छ । डेंगी सङ्क्रमण पुष्टि भएपछि राज्यमन्त्री केसी मङ्गलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना हुनुभएको हो ।

गत शुक्रबार सामान्य ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि केसीले डेंगी परीक्षण गराउनुभएको थियो ।

केसीको स्वास्थ्य अवस्था सामान्य रहेको राज्य मन्त्री केसीका प्रमुख सचिव अमित शर्माले जानकारी दिनुभयो । राज्यमन्त्री केसीलाई शरिर गल्ने, टाउको दुख्ने, कमजोर महसुस हुने समस्या देखिएको छ ।