नेत्रविक्रम चन्द‘ विप्लव’, फाइल तस्वीर


काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनले आगामी कार्यकालका लागि नेत्रविक्रम चन्द‘विप्लव’को नयाँ केन्द्रीय समिति गठन भएको छ । कपिलवस्तुमा सम्पन्न नेकपाको नवौं महाधिवेशनले महासचिवमा पुनः नेत्रविक्रम चन्द ‘विप्लव’ चयन गरेको हो ।

उक्त महाधिवेशनले केन्द्रीय समितिमा ८१ जना र ४५ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य समेत चयन गरेको छ नवौं महाधिवेशन गत असोज २५ गतेदेखि विप्लवको गृहक्षेत्र कपिलवस्तुको शिवगढीमा आयोजना गरिएको थियो । पार्टीको नवौं महाधिवेशनले गरेका निर्णयहरु सार्वजनिक गर्न काठमाडौंमा पत्रकार सम्मेलनमा गर्ने उक्त पार्टीका केन्द्रीय कार्यालय सचिव असल क्षेत्रीले जानकारी गराउनु भएको छ ।

महाधिवेशनले ‘एकीकृत जनक्रान्तिको विचार’लाई नयाँ उचाइमा पुर्याउने लक्ष्य कार्यदिशालाई निरन्तरता दिएको र एकीकृत जनक्रान्ति नै नवीन कार्यदिशा भएको कार्यालय सचिवले क्षेत्रीले बताउनु भयो ।

तात्कालीन नेकपा (माओवादी) बाट विभाजन भै बनेको मोहन वैद्य‘किरण’को नेतृत्वमा बनेको पार्टीमा नेतृत्वको कार्यक्षमता माथि नै गम्भीर प्रश्न उठाउँदै नेत्रविक्रम चन्द‘ विप्लव’ले आफ्नो नेतृत्वमा ने२०७० साल मङ्सिरमा नेकपा गठन गर्नुभएको थियो ।

नेपाली राजनीतिको मूलधारमा आउने गरी केपी ओली शर्मा नेतृत्वको तात्कालीन सरकारसँग ३ बुँदे सहमति गरेर खुला हुनुभएका विप्लवले उक्त पार्टीलाई खासै चलायमान बनाउन नसक्दा पार्टी विभाजनको समयमा मोहन वैद्य किरणमाथि गरिएको असक्षम नेतृत्वको विल्ला उहाँमाथि लाग्दै आएको छ । भलै नेपाल कम्युनिस्ट पार्टीले आगामी दिनमा के कस्तो खालको राजनीति गतिविधि गर्ने छ भन्ने संशय पैदा गरेको छ ।