काठमाडौं – देशको पहाडी भू–भागमा आज बिहान आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । हाल देशको पहाडी भू–भागमा पश्चिम वायुको सामान्य प्रभाव रहेको विभागले जनाएको छ ।