काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावकेन्द्रित बहसमा सहभागि हुन प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई चुनौती दिनुभएको छ । अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री देउवालाई ‘लाइभ डिबेट’ को चुनौती दिनुभएको हो ।

एमाले अध्यक्ष ओलीले चुनावकेन्द्रित एजेण्डामा आधारित बहसका लागि आफू तयार रहेको बताउनुभएको छ । ओलीले डिबेटको लागि देउवालाई तयार हो÷ होइन भनी प्रश्न पनि सोधेका छन् ।

ओलीले लेखेका छन्, ‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले लाईभ डिबेटमा आउन आग्रह गर्नु भएको छ । धेरैजसोले मेरो र नेका‘का सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ । निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ । म त यसका लागि तयार छु, देउवाजी नि ?’