फाइल तस्वीर
काठमाडौं – सरकारले संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्न भोलि मङ्गलबार देशभरिका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्थाहरु र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले जोशीको निधनमा शोक व्यक्त गर्न देशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
त्यस्तै, गृह मन्त्रालयले जोशीको निधनमा देशभरिका सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरु र विदेशस्थित कूटनीतिक नियोगमा झन्डा आधा झुकाउने निर्णय पनि गरेको छ । जोशीको १०३ वर्ष उमेरमा सोमबार निधन भएको हो ।
![](https://assets.deshsanchar.com/wp-content/uploads/2022/10/17165139/griha-suchana.jpg)