फाइल तस्वीर

काठमाडौं – समानुपातिक बन्द सूचीमा रहेका ४ सय ३९ जनाले कात्तिक ५ गतेभित्र जरिवाना बुझाउनुपर्ने भएको छ । स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले ५ कात्तिकसम्मको समय दिएको हो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश भएका त्यस्ता ४३९ उम्मेदवारले जरिवाना बुझाउनुपर्ने भएको हो ।

जरिवाना नबुझाए उम्मेदवारको नाम बन्दसूचीबाट हट्ने आयोगले जनाएको छ ।