फाइल तस्वीर

काठमाडौं – नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान) ले प्याराग्लाइडिङ उडानमा रोक लगाएको छ । प्याराग्लाइडिङ उडानमा दुर्घटना बढेपछि सोको व्यवस्थापनका लागि भन्दै क्यानले देशैभरका प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाएको हो ।

उडान खेल सम्बन्धी नीति, नियम तथा कानुनहरु व्यवस्थित गर्नका लागि तत्कालका लागि प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाइएको र स्पष्ट कानुन बनेपछि पुनः सञ्चालन अनुमति दिने निर्णय भएको क्यानका प्रवक्ता जगनाथ निरौलाले बताउनुभयो । उडान खेल अन्तर्गत पर्ने प्याराग्लाइडिङमा आइतबार बिहान ११ः३० बजे मात्रै पोखराको सराङकोटमा उडानकै क्रममा दुर्घटना हुँदा एक जना खेलाडीको मृत्यु हुन पुगको थियो ।
पोखरा महानगरपालिका १८ सराङ्कोटस्थित नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको थियो । सोही बखत ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशमा उडिरहेको अवस्थामा अकस्मात १०० मिटर माथिबाट खस्दा नेपाल त्रिभुवन आर्मी क्लबको तर्फबाट खेलमा भाग लिएका पोखराकै निसिम थापाको मृत्यु भएको हो । प्याराग्लाइडिङबाट खसे लगत्तै घाइते थापालाई मेट्रोसिटी अस्पताल पठाएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।