काठमाडौं– नेपालमा डेंगीका बिरामीको संख्या ४० हजार नाघेको छ । गत साउन १ गतेयता हालसम्म उक्त सङ्ख्यामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

पछिल्लो चौबीस घण्टामा १ हजार १ सय ११ जना डेँगीका बिरामी थपिएपछि कुल संख्या ४० हजार नाघेको हो । योसँगै नेपालमा कुल डेंगी बिरामीको संख्या ४० हजार २९ पुगेको छ । बितेको चौबीस घण्टामा डेंगीका कारण एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म डेंगीका कारण ४८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशका ७७ जिल्लामा डेंगीका बिरामी भेटिएका छन् ।