काठमाडौं – वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको प्राङ्गणमा राखिएको छ । आज मध्याह्न १२ देखि अपराह्न ४ बजेसम्म जोशीको पार्थिव शरीर ललितपुर महानगरको प्रांगणमा राखिने ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिनुभयो ।
![](https://nawasancharonline.com/wp-content/uploads/2022/10/1665907868-ZaEEZ.jpg)
त्यसक्रममा उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा ललितपुर महानगरको प्राङ्गणमा उपस्थित हुने ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले बताउनुभयो । जोशीप्रति श्रद्धाञ्जली अर्पणपछि उनको पार्थिव शरीर पुनः ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा लगिनेछ । १०३ वर्षीय संस्कृतिविद् जोशीको उपचारका क्रममा आज बिहान ७ बजेर ९ मिनेटमा सोही अस्पतालमा निधन भएको थियो ।
जोशीको शरीर यसअघिको उनकै इच्छाअनुसार नजलाई अध्ययनका लागि सोही अस्पतालमा राखिने अस्पतालका निर्देशक प्रा. डा. सुरज बज्राचार्यले बताउनुभयो ।
![311571422_3210062752581019_6622859429614343173_n1665896553.jpg](https://img.baahrakhari.de/uploads/posts/311571422_3210062752581019_6622859429614343173_n1665896553.jpg)